बल्ल चीनले पत्ता लगायो कोरोनाको औषधि



१२ फागुन २०७६, काठमाडौं

चीनको टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) को औषधि विकसित गरेको दाबी गरेको छ।

विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको हो।

उनी आफैंले चार मात्रामा औषधि सेवन गरिसकेका छन्।

त्यसबाट उनलाई कुनै नकारात्मक असर नपरेको प्राप्त समाचारमा जनाइएको छ।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ’, विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ।

औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन्। दि गार्जियनले यो खबर उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्