आफ्नो काटिएको खुट्टा साथीलाई पकाएर खुवाएपछि…



१२ फागुन २०७६, काठमाडौं

अमेरिकामा एक व्यक्तिले आफ्ना साथीहरूलाई आफ्नै काटिएको गोडा पकाएर खुवाएका छन्।

इन्क्रेडिब्लीशाइनीशार्ट नामक रेड्डिट प्रयोगकर्ताले आफ्नो कथा लेख्दै सन् २०१६ को जुनमा बाइक चलाउँदै गर्दा एक गाडीले आफूलाई ठक्कर दिएको र त्यसैकारण गोडो पूर्ण रूपमा चोट ग्रस्त भएको र डाक्टरहरूले गोडो काटिदिएको बताए।

त्यसको तीन हप्तापश्चात् उनले आफ्ना साथीहरूलाई बोलाएर आफ्नै गोडा पएकार खान दिएका थिए।

आफ्ना एक शेफ साथीलाई उनले गोडोको मासुमा कागती, प्याज र खुर्सानी हालेर जापानी डिश बनाउन लगाए।

उनी लेख्छन्, ‘यो भैंसीको मासुजस्तो थियो र यसलाई धेरै चपाउनु पर्याे। त्यसमा फ्याट पनि कमै थियो।’

डाक्टरहरूले आफ्नो गोडो काट्नै लागेको बेलामा त्यसलाई पकाउने विचार दिमागमा आएको उनले बताए।

उनले डाक्टरहरूलाई सोधे, ‘यो काटिएको गोडो राख्न मिल्छ?’ उनीहरुले हुन्छ भनेपछि उनले आफूसँगै राखेका थिए।

प्रतिक्रिया दिनुहोस्