कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९६ पुग्यो, चीनमा भने घटदो क्रममा



१२ फागुन २०७६, काठमाडौं

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढेर ८९३ पुगको छ भने मृत्यु हुनेको संख्या ८ पुगेको हो।

आइतबार मात्रै १६१ जनामा नयाँ संक्रमण देखिएको थियो भने सोमबार थप ६० जनामा उक्त संक्रमण देखिएको हो।

त्यस्तै कोरियाको ठूलो शहर बुसानमा समेत यो भाइरस देखिएको छ। त्यहाँ मगलबार विहान २ जनामा संक्रमण भएको पाइएको हो।

यत्ता चीनमा मंगलबार थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको जनाइएको छ। जसमध्ये ९ जना मात्रै हुवेई प्रान्त बाहिरका हुन्।

स्वास्थ्य अधिकारीहरुले सोमबार मात्रै ७१ जनाको मृत्यु भएको बताएका छन्। यो संगै गत डिसेम्बरबाट अहिलेसम्म कोरोनबाट मृत्यु हुनेको संख्या चीनमा २ हजार ६६३ पुगेको छ।

७७ हजार ६५८ जनामा संक्रमण र २७ हजार ३२३ जना अस्पतालको उपचार पछि घर फर्केको समेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस्