हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि सञ्चालनको तयारी



१३ फागुन २०७६, काठमाडौं

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ ।

हेटौंडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक महत्त्वको यो सुरुङमार्ग सञ्चालनका लागि बागमती प्रदेश सरकारले सक्रियता देखाएको हो । यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।

हेटौंडा बजारबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित यो सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्