परिवारद्वारा आफ्नै छोरीको हत्या



१२ फागुन २०७६, काठमाडौं

भारतमा आफ्नै गोत्रको केटासँग विवाह गरेकी युवतीको परिवारले नै हत्या गरेका छन्।

आफ्नै गोत्रको केटासँग विहे गरेको भन्दै पूर्वी दिल्लीकी २५ वर्षीया शितलचौधरीको परिवारबाट नै हत्याको भएको हो।

शितलले आफ्नै गोत्रको अंकित भातीसँग परिवारको सहमतिविना नै भागेर विवाह गरेकी थिइन्।

आफूहरुले विवाह गरेको दुवैले आ-आफ्नो परिवारमा जानकारी गराएका थिए।

शितलको हत्यापश्चात् उत्तरप्रदेशस्थित अलिग्रहको एक नहरमा शव फालिएको थियो।

शव पहिचान गर्न नसकेर दुई दिनसम्म शव गृहमा राखिएको शितलको शव कपडा र उनका सामानका आधारमा प्रेमी अंकितले पहिचान गरेका हुन्।

प्रेमी अंकितको उजुरीको आधारमा शुक्रबार प्रहरीले शितलका बुबा-आमासहित छ जनालाई पक्राउ गरेको छ। यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्