कोरियामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पुग्यो ७



१२ फागुन २०७६, काठमाडौं

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण दक्षिण कोरियामा फैलिँदो क्रममा छ।

यो भाइरसको संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्यामा पनि वृद्धि भएको छ।

थप १६१ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। योसँगै संक्रमित हुनेको संख्या ७६३ पुगेको छ।

भाइरस संक्रमितको संख्यामा वृद्धि भपश्चात् दक्षिण कोरियाले सतर्कता बढाएको छ। राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्