संशोधनबिना एमसिसी पास हुँदैन : प्रचण्ड



१२ फागुन २०७६, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसिसी संशोधनपछि मात्रै संसद्‌बाट अनुमोदन हुने बताएका छन् ।

जनकपुरस्थित विमानस्थलमा पत्रकारसँग उनले भने, ‘एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकमा संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्नेबारे छलफल भएको छ । संशोधन र परिमार्जनबिना एमसिसी अनुमोदन हुने स्थिति छैन ।’

राजीनामा गरिसकेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रसँग झिक्दै प्रचण्डले सत्तामा हुँदा कम्युनिस्ट नराम्रो हुने रोग नेपालमा पनि ‘अलिअलि’ देखापरेको बताए ।

बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने उनले बताएको खबर नागिरक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्