जन्मोत्सवमा ओली, महोत्सवमा दाहाल !



१२ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक पदयात्रामा भाग लिन धनुषा पुगेका छन् ।

पार्टीभित्र अमेरिकी सहयोग एमसिसीलाई लिएर तीव्र विवाद भइरहेका बेला अध्यक्षद्वय ओली र दाहाल आआफ्नै सुरमा जन्मोत्सव र महोत्सवमा रुमल्लिएका छन् ।

प्रधानमन्त्रीसहितको टोली दुईवटा हेलिकोप्टरमा तामझामसहित पुगेको थियो भने पूर्वप्रधानमन्त्री दाहाल पनि हेलिकोप्टरमै धनुषा पुगेका थिए ।

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा भाग लिन झन्डै दुई सय गाडीमा सहभागी जन्मोत्सवस्थल पुगेका थिए । १ सय ५० हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको कार्यक्रममा कति खर्च भयो, यकिन छैन ।

त्यसो त जन्मदिनको अवसरमा ४ सय वृद्धवृद्धाका लागि लत्ताकपडा, १ हजार ५ सय विद्यार्थीका लागि डायरी र कलमसमेत हस्तान्तरण गरिएको थियो ।

यता धनुषामा दाहालले मिथिला विहारी भगवानको डोला उठाएर परिक्रमा सुरु गर्नुका साथै हेलिकोप्टरमार्फत आकाशबाटै पुष्पवर्षासमेत गरेका थिए ।

यो खबर आजको नगारिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्