डोला उठाउदै प्रचण्डले भने– प्रदेश २ मा सरकार परिवर्तन हुन्छ



१२ फागुन २०७६, काठमाडौं

प्रदेश २ मा सरकार परिवर्तन गर्ने तयारी भइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

नेकपाले प्रदेश २ मा सरकार परिवर्तनसँगै संघीय सरकारमा राजपालाई ल्याउने तयारी भइरहेको उनले बताए ।

मिथिलाञ्चल क्षेत्रको महाकुम्भका रुपमा रहेको मिथिला मध्यमा परिक्रमा कार्यको शुभारम्भ गर्दै प्रचण्डले प्रदेश सरकार परिवर्तनको तयारी भइरहेको बताए ।

उनले राजपासँगको छलफल टुंगिएपछि प्रदेश सरकार परिवर्तन हुने जानकारी गराएका हुन् ।

डोला उठाएर उनले मिथिला परिक्रमाको शुभारम्भ गरेको खबर आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्