कोरोना भाइरसका कारण कोरिया जान लागेका ५० नेपाली रोकिए



११ फागुन २०७६, काठमाडौं

रोजगार अनुमती प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया जान लागेका ५० जना नेपाली कामदारको उडान पछि सरेको छ।

ईपिएस शाखा नेपालका अनुसार यसै हप्ता रोजगारी गर्न कोरिया जान तयार भएका नेपालीको उडानको समय सरेको हो।

नेपाली कामदारको उडान मार्च तेस्रो सातासम्म स्थगित गरिएको ईपिएस शाखाका एक कर्मचारीले बताए। ती कर्मचारीले उडान नेपालले नभई कोरियाले नै सारेको बताए।

प्रतिक्रिया दिनुहोस्