
११ फागुन २०७६, काठमाडौं
अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ। उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो।
वुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो।
गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो। मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन्।
कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए। सपथसँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो।
समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् ।





