
११ फागुन २०७६, काठमाडौं
हाम्रो समाजमा बाबु-छोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ।
जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन्। अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफो टार्डउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन्।
श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपश्चात् श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए।
श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपश्चात् छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन्।
बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो। तर समस्या त्यहाँनिर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन्।
आफूूलाई छाडेपश्चात् तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुसेर गोली हानी हत्या गरे। त्यसपश्चात् आफैलाई गोली हानेर आत्महत्या गरे।
प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेट्टायो।





