ज्येष्ठ नागरिकलाई अब घरघरमै उपचार



११ फागुन २०७६, काठमाडौं

नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ।

नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाकानगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

“विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितले भने।

शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मृगौलालगायत जाँच र उपचार निःशुल्क हुनेछ।

नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्