बलिउडका चर्चित गायक मिका सिंहकी म्यानेजर सौम्याले गरिन् आत्महत्या



१० फागुन २०७६, काठमााडौँ

बलिउडका चर्चित गायक मिका सिंहकी म्यानेजर सौम्या खानले आत्महत्या गरेकी छिन् ।

यो कुराको जानकारी खुद मिका सिंहले नै सामाजिक सञ्जालमा दिएका छन् ।

पुलिसले सौम्याको शवको साथबाट कुनै सुसाइड नोट भने बरामद नगरेको बताइएको छ ।

रिपोर्टका अनुसार सौम्याले मुम्बइको अंधेरीमा निद्राको औषधी अधिक मात्रामा खाएर आत्महत्या गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्