धुर्मुस–सुन्तलीको ‘सेन्टि भाइरस’ ले कमायो १ दिनमा १ करोड १२ लाख



१० फागुन २०७६, काठमाडौँ

हिजो शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र सेन्टि भाइरस ले निकै राम्रो कमाइ गरिरहेको छ । चलचित्रको सुरुवाती दिनको कमाइ नै सोचेभन्दा बढी निस्किएको छ ।

धुर्मुस सुन्तलीको निर्माणमा तयार भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सन विक्रम राई, कमलमणि नेपाल, दयाहाङ राई, सन्दिप क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सेन्टि भाइरस लाई दर्शकले निकै रुचाएका छन् भने धुर्मुस र सुन्तलीको अभिनयको पनि प्रशंसा गरिरहेका छन् । चलचित्रले एक दिनमा १ करोड १२ लाख कमाउन सफल भएको छ ।

आज शनिबार छुट्टीको दिन भएकाले देशभरका हलमा विहानैदेखि दर्शकको बाक्लो भिड देखिएकाले शुक्रबारको तुलनामा आजको व्यापार अझ राम्रो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्