आज अभिनेता पल शाहको जन्मदिन, शुभकामना दिनेको ओइरो



१० फागुन २०७६, काठमाडौँ

पल शाह पछिल्लो समयका सर्वाधिक चर्चित र डिमाण्डेड अभिनेता हुन् । यतिबेला भने उनी चलचित्र म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त छन् । म यस्तो गीत गाउँछु २ फागुन ३० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

आज उनै अभिनेता पल शाहको जन्मदिन रहेको छ । पलको जन्मदिन भएकाले आज उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । यस्तै विभिन्न कलाकारले पनि सामाजिक सञ्जालमा उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

पल एक सफल कलाकार हुन् । उनले यो क्षेत्रमा आफूलाई स्थापित गर्नको लागि सुरुवात देखि नै निकै परिश्रम गरिरहेका छन् र हरेक चलचित्रमा उनको मेहेनत देखिएको पनि हुन्छ । उनै मेहेनती अभिनेतालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्