प्रताप र प्रविशाको आवाजमा ‘प्रेमगीत ३’ को टाइटल गीत रिलिज (भिडियो)



१० फागुन २०७६, काठमाडौँ

प्रेमगीत ३ यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो । चैत्र २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो गीत केहीसमय अघि रिलिज भएको थियो ।

हात्ती ढुङ्गामा बोलको गीतलाई दर्शकले औधी रुचाएका थिए । जसले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको थियो । भर्खरै मात्र प्रेमगीत ३ को टाइटल गीतको लिरिकल भिडियो रिलिज भएको छ ।

राजेश कुमार श्रेष्ठको शब्द र एलिश राईको संगीत रहेको हर युग होस् प्रेम गीतको बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको छ । निकै नै रोमान्टिक शैलीको गीतलाई छोटो समयमा नै दर्शकले निकै नै रुचाइरहेका छन् ।

गीत हेर्ने अधिकांश दर्शकले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् । दर्शकले दिएको प्रतिक्रियाबाट चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेन निकै खुसी देखिएका छन् ।

चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन चलचित्रमा रहेको छ । प्रेमगीत ३ मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, नव नायक मनिष लिम्बुु, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनिल थापा, योगिशा खत्री, सन्तोष सेन, लक्ष्मी वर्देवा, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्