कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै, संयमित रहन सुझाब



०९ फागुन २०७६, काठमाडौं

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण निरन्तर उकालो लागि रहेको छ।

शुक्रबार बेलुकी ६ बजेसम्म को अपडेट अनुसार आज नयाँ १०० जना व्यक्तिमा कोरोना भाईरस संक्रमण देखिएसंगै जम्मा २०४ जना कोरोना भाईरस सङ्क्रमित भएको रोग नियन्त्रण कार्यालयले पुस्टी गरेको छ।

उच्च शतर्कताका बिच पनि यसरी द्रुत गतिमा शङ्क्रमण फेला परे संगै अहिलेसम्म भाईरस संक्रमितको सङ्ख्या २०४ पुगेको छ।

कोरियामा आज विहान ९ब जे सम्मको अपडेट अनुसार ५२ जना भेटिएको थियो भने बेलुकी छ बजेसम्ममा ४८ जना थप बिरामी भेटिएपश्चात् जम्मा संक्रमितको सङ्ख्या २०४ पुगेको कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाई छ।

कोरियामा कोरोना भाईरसको ईपिसेन्टर मानिएको कोरियाको दक्षिणी भाग थेगु क्षेत्र भएकाले सतर्क रहन सरकारले अपिल गरेको छ ।अहिले सम्म कोरोना भाईरसको कारण कोरिया एकजना को मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्