कोरियामा कोरोना भाइरसले उग्र रुप लिदै, आज मात्रै ५२ जना सङ्क्रमित सँगै जम्मा १५६ जना



०९ फागुन २०७६, काठमाडौं

दक्षिण कोरियामा आज शुक्रबार मात्रै ५२ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएसंगै जम्मा १५६ जना रोग सङ्क्रमित पुगेको रोग नियन्त्रण कार्यालयले पुस्टी गरेको छ।

उच्च शतर्कताकता बिच पनि यसरी द्रुत गतिमा संक्रमण फेला परेसंगै अहिलेसम्म भाइरस संक्रमित सङ्ख्या १५६ पुगेको छ।

६८ वर्षिया कोरोना भाइरस संक्रमित कोरियन महिला जो दक्षिण कोरियाको थेगु सहरमा मंगलबार फेला परेसँगै वुधबार यति ठुलो सङ्यामा संक्रमित फेला पर्नुलाई उनी नै कारक रहेको अनुमान गरिएको छ।

कोरियामा आज विहान ९ बजे सम्मको अपडेट अनुसार ५२ जनामा एकैदिन भेटिएको कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाई छ।

यसले थेगु क्षेत्र कोरियामा कोरोना संक्रमणको केन्द्र भएको देखाएकाले सतर्क रहन सरकारले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्