गर्भवतीलाई अब क्याल्सियम चक्की निःशुल्क



०९ फागुन २०७६, काठमाडौं

पूर्वखोला गाँउपालिकामा अब गर्भवती महिलाले क्याल्सियम चक्की किन्नु नपर्ने भएको छ। गाँउपालिकाले स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आउने महिलालाई क्याल्सियम निशुल्क उपलव्ध गराउन शुरु गरेको छ।

यसअघि स्वास्थ्य चौकीबाट गर्भवतीले आइरन चक्की मात्रै निशुल्क पाउने गर्दथे।

गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले विहीबार बीरकोट स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आएकी रिता थापालाई निशुल्क रुपमा चक्की वितरण गर्दै यो कार्यको शुभारम्भ गरे।

गाँउपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीमा दोस्रो पटक गर्भ परीक्षण गर्न आउने महिलालाई क्याल्सियम चक्की निशुल्क उपलव्ध गराइने बताए।

‘यो प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउपालिका हो। यसलाई निरन्तरता र आमा र शिशुको पोषणस्थितिमा सुधार ल्याउन को लागि पनि हामीले नयाँ नयाँ सुविधा थपेका हौँ,’ उनले भने।

गर्भ चौथो महिनामा पुग्दा पहिलो पटक र छैटौँ महिना पुगेपश्चात् दोस्रो पटक गर्भजाँच गर्नुपर्ने हुन्छ। दोस्रो पटक गर्भपरीक्षण गर्न आउने महिलालाई सुत्केरी नहुँदासम्म निशुल्क क्याल्सियम दिइने ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्