यसरी आयो बास्कोटाको राजिनामा



०९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री ओलीसँगको छलफलमा अध्यक्ष पुष्पकमल दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए । ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए। त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो। कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो ।

सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो। कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए। ‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए ।

सभामखु सापकोटाले कांग्रेस नेताहरूसँग सञ्चारमन्त्रीले राजीनामा दिने अनौपचारिक जानकारी आएको भन्दै संसद् अवरोध नगर्न आग्रह गरेका थिए । तर कांग्रेसले त्यो आग्रह मानेन । सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रधानमन्त्री ओलीलाई भेटे। ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए ।

आजको अन्नपूर्ण दैनिकमा रामकृष्ण अधिकारीले लेखेको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्