ओलीका विश्‍वासपात्रको बहिर्गमन



०९ फागुन २०७६, काठमाडौं

दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो ।

कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएका छन् । ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ ।

पटकपटक ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्दै आएका प्रधानमन्त्री ओलीका प्रियपात्र बाँस्कोटा नै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको करिब ७० करोड रुपैयाँ ‘कमिसनको डिल’ गरेको प्रकरणमा जोडिएपछि बाहिरिएका हुन् ।

आजको कान्तिपुर दैनिकमा दुर्गा खनालको समाचार प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्