अडियो बाहिरिएलगत्तै प्रधानमन्त्रीले बास्कोटाको राजिनामा मागेका थिए



०९ फागुन २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ७० करोडको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजिनामा दिएका छन । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार राजिनामा दिएका हुन । मन्त्री बास्कोटाको राजिनामा बिहीबारै स्विकृत भएको छ ।

मन्त्री बास्कोटाको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उनको राजिनामा मागेका थिए । आजको राजधानी दैनिकमा कमिशनमा मुछिएपछि शिर्षकमा सुभाष साहको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्