‘डियर कमरेड’ का नायक विजयसँग रोमान्स गर्दै अनन्या



०८ फागुन २०७६, काठमाडौँ

अनन्या पाण्डे पछिल्लो समयकी सर्वाधिक डिमाण्डेड नायिका हुन् । स्टुडेन्ट अफ दि इयर २ बाट बलिउडमा भित्रिएकी अनन्याले त्यसपछि पति पत्नी और वो मा काम गरेकी थिइन् ।

दुवै चलचित्रमा उनको कामको निकै तारिफ भयो । यसैबिच अनन्याले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले तेलूगु चलचित्र फाइटर साइन गरेकी छिन् । चलचित्रमा उनको जोडी डियर कमरेड का नायक विजयसँग बाधिनेछ ।

चलचित्र तेलूगु सहित हिन्दि भाषामा पनि निर्माण हुने बताइएको छ । यस चलचित्रका लागि अनन्याले आफू निकै उत्साहित रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्