रिलिज अगावै ‘प्रेमगीत ३’ ले कमायो ८१ लाखभन्दा बढी



०८ फागुन २०७६, काठमाडौँ

चैत्र २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत ३ यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो । चलचित्रको पहिलो गीत केहीसमय अघि सार्वजनिक भएको थियो ।

हात्ती ढुङ्गामा बोलको गीतले प्रेमगीत ३ को हाइप निकै बढाइरहेको छ ।  यसबीच, यूके र यूरोपका आठ देशका लागि पनि फिल्म विक्री भएको छ ।

इनास चलचित्र प्रबर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो ९नेपाली ३० लाख० मा फिल्मको राइट्स खरिद गरेका हुन् । मंगलवार फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष श्रेष्ठबीच कागजी सम्झौता भएको छ । योसँगै फिल्मले नेपाल प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाखभन्दा बढी कमाई गरेको छ ।

‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्