आज चचित डान्सर सरोज अधिकारीको जन्मदिन, शुभकामना दिनेको ओइरो



०८ फागुन २०७६, काठमाडौँ

सरोज अधिकारी पछिल्लो समयका निकै चर्चित डान्सर हुन् । उनी कार्टुन्ज क्रु का लिडर पनि हुन् । आज उनै डान्सर सरोज अधिकारीको जन्मदिन रहेको छ ।

आज सरोजको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।

यस्तै सरोजसँग हरेक गीतमा देखिने पछिल्लो समयकी चर्चित मोडल तथा डान्सर आश्मा विश्वकर्माले पनि सामाजिक सञ्जालमार्फत सरोजलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

हाम्रो तर्फबाट पनि सरोजलाई जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्