आमासँग गए निःशुल्क हेर्न पाइने चलचित्र ‘आमा’



०८ फागुन २०७६, काठमाडौँ

चलचित्र आमा भोलि अर्थात फागुन ९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र आमा लाइ दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । चलचित्रमा आमाछोरीको माया देखाउन खोजिएको निर्माण टिमले बताएको छ ।

यस्तै चलचित्रको प्रचारको लागि चलचित्र टिमले नयाँ उपाय अपनाएको छ । काठमाडौँका केही सिनेमा घरमा चलचित्र आमा आफ्नी आमासँग हेर्न गएमा आमाको टिकट फ्रि मा पाइने बताइएको छ ।

काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्