कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो



०८ फागुन २०७६, काठमाडौं

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर २ हजार १ सय २० जनाको मृत्यु भएको छ।

हुबेईका स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा मात्रै उक्त रोगको संक्रमणका कारण २ हजार १ सय १२ जनाको मृत्यु भएको छ।

वुधबारमात्रै उक्त प्रान्तमा १०८ जनाको मृत्यु भएको छ।

हङकङ र इरानमा २–२ जनाको मृत्यु भएको छ भने ताइवान, जापान, फिलिपिन्स र फ्रान्समा १–१ जनाको मृत्यु भएको छ।

विश्वभर संक्रमितको संख्या ७६ हजार २ सय ६२ पुगेको छ।

चीनबाहिरका मुलुकमा संक्रमितको संख्या १ हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस्