६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षिय काङ्ग्रेस नेता पक्राउ



०७ फागुन २०७६, काठमाडौं

गुल्मीमा ६ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा नेपाली कांग्रेसका नेता ७६ वर्षीय केशरसिह सारुलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गुल्मीदवार गाउँपालिका वडा नम्वर–२ का क्षेत्रीय प्रतिनिधि समेत रहेका केशरसिंह सारु सोही गाउँकि ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

सारुलाई सोमबार पक्राउ गरेर जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगको मुदा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

६ वर्षीया बालिकाकाअनुसार हिँजो दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई फकाएर बलात्कार गरेका थिए।

जबर्जस्ती करणी अभियोगको हकमा सारुलाई कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्