चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैनः मन्त्रालय



०७ फागुन २०७६, काठमाडौं

चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको हो।

फागुन ४ गते चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ।

नतिजा नेगेटिभ आएकाले उनीहमारू कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्