कोरोना लगायत विभिन्न कीटाणुबाट बच्न यसरी धुनुहोस् हात



०७ फागुन २०७६, काठमाडौं

पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमणबारे निकै नै चर्चा भइरहेको छ।

व्यक्तिगत सफाइका लागि विश्व स्वास्थ्य सङ्गठनले हात धुने तरिकासम्बन्धी आफ्नो पर्चा अद्यावधिक गरेको छ।

के हाम्रो हात धुने तरिका प्रभावकारी छ त?

कोरोनाभाइरस र अन्य कीटाणुबाट जोगिन यसरी हात धुनुहोस्…

-सुरुमा हात भिजाउने र प्रंशस्ता मात्रामा साबुन लगाउने।

-त्यसपश्चात् एउटा हत्केलाले अर्को हत्केलालाई राम्रोसँग माड्ने।

-औँला छिराई एउटा हत्केलालले अर्को हातको पछाडिको भाग घोट्ने।

-आपसमा औँला छिराई हल्केला माड्ने।

-अर्को हातको औँलामा औँला छिराई पछाडिबाट माड्ने।

-बुढि औँलालाई हत्केलाको बिचमा राखेर राम्ररी माड्ने।

-अब बुढि औँलालाई अअर्काे हत्केलाको बिचमा राखेर राम्ररी माड्ने।

-त्यसपश्चात् सफा पानीले राम्रोसँग हात पखाल्ने।

-अनि रुमालले हात ओचाने हुने गरि राम्रोसँग पुछ्ने।

यसरी हात धुदाँ हामी विभिन्न किटनणुको संक्रमणबाट सफा र सुरक्षित रहन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्