प्रसूतिका क्रममा आमा र शिशुको मृत्यु भएपछि…



०६ फागुन २०७६, काठमाडौं

मोरङ्को रंगेली अस्पतालमा प्रसूतिका क्रममा प्रसूति गराउने क्रममा आमा र शिशुको दुवैको मृत्यु भएको छ।

२५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपश्चात् आफन्तले रंगेली बजारमा प्रदर्शन गरेका छन्।

अस्पतालको लापरवाहीका कारण आमा र शिशुको ज्यान गएको आफन्तको आरोप छ।

रविनाले मृत शिशु जन्माएकी थिइन्। त्यसपछि रविनाको स्वास्थ्य अवस्था गम्भीर भएको थियो।

घरबाट सकुशल अस्पताल आएकी रविनाले डाक्टरकोे लापरवाहीकै कारण ज्यान गुमाउनुपरेको आफन्तहरुको भनाई छ।

उपचारमा संलग्न डाक्टरलाई कडा कारबाही र परिवारलाई राहत दिनुपर्ने आफन्तको माग छ।

प्रतिक्रिया दिनुहोस्