कहाँ छन् वुहानबाट नेपाल आउन नपाएका नेपाली?



०६ फागुन २०७६, काठमाडौं

गत शुक्रबार चीनबाट स्वदेश फर्किन १ सय ८१ जना नेपाली वुहानमा जम्मा भएका थिए। तर उद्दार गर्न गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज १ सय ७५ जनालाई मात्र लिएर काठमाडौं फर्कियो।

बाँकी ६ जना वुहानमै छुटे। छुट्नेमा २२ महिने शिशुसहित आमाबुवा र बाँकी तीन जना पुरुष थिए। नेपाल उड्नुअघि मेडिकल जाँचमा शिशुका बुवाको शरिरको तापक्रम ३७.२ डिग्री सेन्टिग्रेडभन्दा माथि देखियो।

त्यसपश्चात् उनलाई विमानस्थलले नेपाल जान दिएनन्। शरिरको तापक्रम ३७.२ भन्दा माथि देखिए चीन सरकारले त्यस्ता व्यक्तिलाई स्वदेश जान नदिने भनेको थियो।

श्रीमान नेपाल आउन नपाएपश्चात् श्रीमती पनि नआउने भइन्। उनीहरु परिवारसहित त्यही दिन वुहानबाट आफ्नो विश्वविद्यालको होस्टेलतर्फ फर्के।

त्यस्तै, बाँकी तीनजना पनि शरिरको तापक्रमकै कारण नेपाल आउन नपाएको चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले बताए। तीनमध्ये दुईजना ङ्चाचिओ र एकजना आङ्सोमा बस्छन्।

तीन जनाको परिवार वुहानमै बस्ने भएकाले त्यही दिन उनीहरुलाई पुर्याइएको जानकारी दिँदै लम्सालले भने, ‘बाँकी तीनजनालाई शुक्रबार बिहान वुहानबाट लग्यौं। उहाँहरु पनि हिजै आआफ्नो होस्टल पुगिसक्नु भो।’

प्रतिक्रिया दिनुहोस्