जन्मदिनमा सोनिकालाई चुम्बन गर्दै पारशले दिए हिराको हार उपहार



०६ फागुन २०७६,काठमाडौँ

युट्युबर सोनिका रोकाय र पूर्व युवराज पारश शाह आजभोली निकै चर्चामा आउने गरेका छन् । धेरैजसो समय उनीहरु सँगै हुने गरेका छन् ।

आइतबार मात्र सोनिकाले आफ्नो २५ औँ जन्मदिन मनाइन् । उनको जन्मदिनमा पारश शाह पनि उपस्थित भएका थिए ।

पारशले सोनिकालाई चुम्बन गर्दै जन्मदिनको शुभकामना दिए । उनले सोनिकालाई हिराको हार उपहार दिएका छन् ।

सोनिकाले आफ्नो जन्मदिनको भिडियो सामाजिक सञ्जालमा हालेकी छिन् भने पारशले पनि सोनिकासँगको तस्बिर अपलोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्