निकै हेभी गाउन लगाएपछि ४ वटा कुर्सीमा बसिन् उर्वशी, भइन् ट्रोलको सिकार



०६ फागुन २०७६, काठमाडौँ

बलिउडकी बोल्ड नायिका उर्वशी रौतेला आफूले लगाएको पहिरनका कारण ट्रोलको सिकार भएकी छिन् । केहीदिन अघिमात्र आसामको गोहावटीमा सम्पन्न भएको फिल्मफेयर अवार्डमा बलिउडका थुप्रै सेलिब्रेटी उपस्थित भएका थिए ।

जहाँ उर्वशीको पहिरनले सबैको ध्यान खिच्यो । फिल्मफेयर अवार्ड समारोहमा उर्वशीले रातो कलरको गाउन लगाएकी थिइन् । उक्त गाउन निकै नै भारी थियो । जसका कारण गाउन सम्हाल्न नसकेर उनी ४ वटा सिटमा बसेकी थिइन् ।

यो कुराको जानकारी खुद उर्वशीले नै सामाजिक सञ्जालमार्फत दिएकी छिन् । उनको सोही ड्रेसका कारण ट्रोल बनाइएको छ । दर्शकले उक्त ड्रेसबारे अनेक खालका टिप्पणी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्