डुम्रेका एक होटलका मालिकलाई कुटेर घाइते बनाएको आरोपमा गायक प्रकाश कटुवाल पक्राउ, घाइतेको अवस्था गम्भिर



०६ फागुन २०७६, काठमाडौँ

केहीसमय अघि एयरपोर्टमा नायिका प्रियंका कार्कीले अभद्र व्यवहार गरेको भन्दै चर्चामा आएका लोकदोहोरी गायक प्रकाश कटुवाल फेरि एकपटक विवादमा परेका छन् ।

तनहुँको डुम्रेमा स्थित एक होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेर उनलाई घाइते बनाएको आरोपमा प्रकाशलाई पक्राउ गरिएको छ ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिप्रका तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयमा कार्यसत प्रहरी सहायन निरीक्षक ९असई० टिकाराम पोखरेलले डिसी नेपाललाई बताए।

लालकाजी भने अहिले उपचारको क्रममा अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्