ड्राइभरमाथि पोखिन् मलाइकाले आक्रोश, भिडियो भयो भाइरल



०६ फागुन २०७६, काठमााडौँ

बलिउडकी आइटम गल मलाइका अरोरा कुनै न कुनै कारणले चर्चामा आइरहेकी हुन्छिन् । कहिले अर्जुनसँगको प्रेमका कारण त कहिले छोटा पहिरनका कारण उनी चर्चामा आइरहेकी हुन्छिन् ।

अहिले पनि उनी सामाजिक सञ्जालमा चर्चामा छिन् । अहिले एउटा भिडियो निकै भाइरल भैरहेको छ । जहाँ मलाइकाले एक ड्राइभरमाथि आक्रोश पोखेकी छिन् ।

भिडियोका अनुसार अमृता र मलाइका एअरपोर्ट बाहिर बसेर ड्राइभर कुरिरहेका हुन्छन् ।

भिडियोमा मलाइकाले ड्राइभरलाई रिसाउँदै आफूहरु उता नजाने बरु ट्रली लिएर आफै आउन भनिरहेकी हुन्छिन् । यो मोमेन्टलाई पत्रकारले आफ्नो क्यामरामा कैद गरेका छन् ।

योे भिडियो सार्वजनिक भएसँगै धेरैले मलाइकाको बोल्ने तरिका सहि नभएको बताइरहेका छन् । मलाइकाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्