सिद्धार्थले बिगबोस १३ जितेपछि शो की कर्मचारीले छोडिन् जागिर, खोलिन् भित्री रहस्य



०५ फागुन २०७६, काठमाडौँ

भारतको लोकप्रिय रियालिटी शो बिगबोस सिजन १३ को फिनाले केहीदिन अघिमात्र भएको थियो । बिगबोस सिजन १३ को उपाधी टेलिभिजनका चर्चित अभिनेता सिद्धार्थ शुक्लाले जित्न सफल भएका छन् ।

सिद्धार्थले शो जितेसँगै विभिन्न खुलासाहरु भएका छन् । उनलाई मन नपराउनेहरुले उनको आलोचना समेत गरिरहेका छन् ।

यसैबिच कर्लस च्यानलमा काम गर्ने एक कर्मचारीले सिद्धार्थले बिगबोस जितेपछि जागिर नै छाडेकी छिन् । उनले बिगबोस बायस्ड शो भएको बताएकी छिन् भने यसको विजेता अगाडी नै फिक्स्ड भएको आरोप पनि लगाएकी छिन् ।

फेरिहा नामकी महिलाले आफ्नो ट्वीटर ह्यान्डलमा करिब १२ वटा ट्वीटमार्फत् सिद्धार्थको जीतलाई पूर्व नियोजित र गलत बताएकी छिन् । सिद्धार्थले बिग बोस जितेपछि फेरिहाले च्यानलको जागिर छोडेकी छिन् । उनले यसको घोषणा पनि ट्वीटरमार्फत् नै गरेकी छिन् ।

फेरिहाले लेखिन्, ‘एउटा निश्चित (फिक्स्ड) शोको हिस्सा बनेर म आफूलाई तल्लो स्तरको देखाउन सक्दिनँ । च्यानल कम भोट हुँदाहुँदै पनि सिद्धार्थलाई नै बिजेता बनाउने कसरतमा लागेको छ । म यो कार्यक्रमको सदस्य बन्न सक्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्