सिन्धुपाल्चोकमा कोरोना नदेखिएको पुष्टि



०५ फागुन २०७६, काठमाडौं

केही दिनअघि मात्रै सिन्धुपाल्चोकमा कोरोना भाइरससँग मिल्दो-जुल्दो लक्षण देखिएको भनिएका बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ।

जुगल गाउँपालिकाको गुम्बा गाउँमा कोरोनासँग मिल्दो-जुल्दो लक्षण भएका बिरामी देखिएको भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेपश्चात् स्वास्थ्य मन्त्रालयले नमुना परीक्षण गरेको थियो।

९ जनामा गरिएको नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको मन्त्रालयले बताए।

‘सिन्धुपाल्चोकमा देखिएको समस्या कोरोना भाइरसनभएर मौसमी फ्लु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्