फागुन २९ मा उदिपसँग विवाह गर्दै आँचल



०५ फागुन २०७६, काठमाडौँ

यो फागुनमा नेपाली चलचित्र क्षेत्रका २ सफल नायिकाको विवाह हुदैँछ । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान जोशी र आँचलले प्रेमी उदिपसँग यहि फागुनमा लगनगाठो कस्दैँछन् ।

प्रियंकाले केहीदिन अघिमात्र आफूले फागुन १५ गते विवाह गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । यस्तै आँचलले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन् ।

आँचलले फागुन २९ गते उदिपसँग विवाह गर्ने भएकी छिन् । आँचल र उदिप करिब १ बर्षदेखि एकअर्काको प्रेममाा छन् । उनीहरुले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्