सोलुखुम्बुमा रड प्रहार गर्दै हिँड्ने एक व्यक्ति पक्राउ



०५ फागुन २०७६, काठमाडौं

सोलुखुम्बुको सल्लेरीमा सर्वसाधरणमाथि कुटपिट गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्वसाधरण माथि रड प्रहार गरि घाईते बनाउँदै हिँड्ने सोलुदुधकुण्ड नगरपालिका ८ मेराङदिङका २१ वर्षीय प्रकाश मगरलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार उनलाई आइतबार राति करिब ९ बजे नयाँ बजरस्थित एक होटलबाट फलामको पाईप सहित पक्राउ गरिएको हो।

पक्राउ गरिएका मगरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

केहि दिन यता जिल्लाको सल्लेरी र दोर्पुबजार क्षेत्रमा अज्ञात व्यक्तिले रड जस्तो देखिने बस्तुको प्रहारबाट ३ जना घाईते भएका थिए।

गत शुक्रबार घरेलु कार्यालयका कर्मचारी टेक बहादुर बस्नेतको टाउँकोमा रड प्रहार गरि घाईते बनाएका थिए। बस्नेतको टाउँकोमा ७ टाका लगाइएको छ।

सोही दिन धुलीखेल अस्पतालमा कार्यरत खेमराज खड्कालाई पनि आक्रमणको प्रयास गरेको बताइएको छ।

आईतबार दोर्पु बजारमा खोटाङ जलेश्वरीका २२ बर्षिय सुबास राईलाई पनि घाईते बनाएका थिए।

सोही दिन सोलुदुधकुण्ड नगरपालिका ६ छुल्यामुमा करिब ३५ वर्षिया स्थानिय छिरिङ ल्हाक्पा शेर्पालाई पनि आक्रमण गरि फरार भएको थियो।

प्रतिक्रिया दिनुहोस्