१ दिनकी छोरीको छातीमा हँसिया रोपेर आफ्नै आमाले गरिन् हत्या



०४ फागुन २०७६, काठमाडौं

एक दिनको नवजात शिशुको शरिरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ।

भारतको मध्य प्रदेशमाप्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन्।

त्यसपछि पेट र गर्धनमा पनि हमला गरिन्। शिशु चिच्याएको सुनेर छिमेकी घटनास्थल पुगेपश्चात् मात्रै उनले हमला गर्न रोकेको बताएको छ।

मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ।

मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्‍याए। सुरुवाती उपचारपश्चात् डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो। त्यहाँ बालिकाको १४ फेब्रुअरीमा मृत्यु भयो।

स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हिरासतमा लिएको थियो।

थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन्। छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले प्रहरीसमक्ष बयान दिइन्।

मञ्जुकी पहिल्यै एक छोरी छिन्। त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्