सिद्धार्थ शुक्ला बने ‘बिगबोस’ १३ का विजेता



०४ फागुन २०७६, काठमाडौँ

भारतमा मात्र नभएर नेपालमा पनि सर्वाधिक रुचाइएको रियालिटी शो बिगबोस सिजन १३ को हिजो भव्य रुपमा ग्राण्ड फिनाले भएको थियो । फिनालेमा ६ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

जसमा सिद्धार्थ शुक्ला, आसिम रियाज, शेहेनाज गिल, रश्मी देसाई, आरती सिंह र पारश छावडा पुग्न सफल भएका थिए । यस्तै अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै सिद्धार्थ शुक्लाले बिगबोस सिजन १३ को उपाधी जितेका छन् ।

टप २ मा सिद्धार्थ र आसिम पुगेका थिए । दर्शकबाट प्राप्त लाइभ भोटिङको आधारमा सिद्धार्थले आसिमलाई पछि पार्दै बिगबोस को उपाधी जितेका हुन् ।

बिगबोस सिजन १३ सर्वाधिक सफल सिजन रह्यो । जसका कारण यो शो साढे ४ महिनासम्म चल्यो । विजेता भएका सिद्धार्थले बिगबोस को ट्रफीको साथै ५० लाख नगद पुरस्कार र एउटा कार पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्