कोरोनाबाट बच्न भन्दै कण्डम किन्न ओइरिए ग्राहक, कैयौं मेडिकल पसल खाली



०४ फागुन २०७६, काठमाडौं

कोरोनाभाइरसबाट अहिलेसम्म १५०० भन्दा बढीको मृत्यु भइसकेको छ।

मानिसहरुमा यसकोडर यत्तिसम्म बढेको छ कि केही कुरा छुन समेत डराइरहेका छन्।

चीनपछि सिंगापुरमा कोरोनाभाइरस फैलिन थालेको छ। यहाँको सरकारले कोरोनाभाइरसका विषयमा ओरेन्ज अलर्ट जारी गरेको छ।

अलर्टसँगै यहाँको बजारमा मास्क किन्नेको भीड बढ्यो। केही समयमै मास्क सकिएर अभाव हुन थाल्यो।

यही बीचमा यहाँ कोरोनाबाट बच्नको लागि कण्डम प्रभावकारी हुने हल्ला चल्यो। त्यसपछि मानिसहरुले कण्डम किन्न थाले।

अहिले स्थिति यस्तो भइसकेको छ कि यहाँका मेडिकल स्टोरमा कण्डमको अभाव भएको छ। सामाजिक संजालमा मानिसहरु कण्डमलाई कोरोनाभाइरसबाट बचाउको प्रभावकारी तरिका भनिरहेका छन्।

मानिसहरु लिफ्टको बटन थिच्न, सपिङमलका ढोका खोल्न क’ण्डमको प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्