सम्भोगको क्रममा श्रीमतीको हत्या



०४ फागुन २०७६, काठमाडौं

२१ वर्षे एक युवकले यौन सम्बन्धकै क्रममा ब्लेडले आफ्नै श्रीमतीको घाँटी काटेर हत्या गरेका छन्।

प्रहरीका अनुसार, ती युवकले आफूले नै श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।

उक्त घट्ना ब्राजिलको  हो। २१ वर्षका आरोपी मर्सिलो अरौजोलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।

युवकले भने आफूलाई पीडित देखाउने प्रयास गरेका थिए।

मर्सिलोकी पत्नी फ्रेसिनेको उमेर २२ वर्ष थियो। प्रहरीका अनुसार ईष्र्याका कारण युवकले पत्नीको हत्या गरेका थिए।

उक्त घट्नाको अनुसन्धान लगातार ६ हप्तासम्म गर्दा घटनासँग सम्बन्धित प्रमाणहरु जुटाएको प्रहरीले बताएका छन्। तर आरोपीले भने घट्नाको बिषयमा फरक–फरक बयान दिईरहेका थिए।

प्रहरीका अनुसार, फ्रेसिने तेस्रो पटक गर्भवती भएकी थिइन्। यही विषयमा उनीहरुबीच विवाद भईरहन्थ्यो।

प्रहरी उनीहरुको घर पुग्दा पति पनि गम्भीर अवस्थामा थिए।

उनको नाडी र घाँटीमा काटिएको घाउ थियो। उनले आफूलाई पीडितको रुपमा देखाउने कोसिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्