आउँदो दशैँमा रिलिज हुदैँ अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’



 

०४ फागुन २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ४ को केहीदिनमै छायांकन सुरु हुदैँछ । चलचित्रमा दोस्रो पटक अनमोल केसी र सुहाना थापा एकसाथ देखिने भएका छन् ।

चलचित्रको रिलिज डेट भने तय भैसकेको छ । यो चलचित्र आउँदो बर्षको दशैँको अवसरमा कार्तिक ७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् ।

चलचित्रमा अनमोल र सुहानाका साथ सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्