युरोपमा कोरोनाबाट एकको मृत्यु



०४ फागुन २०७६, काठमाडौं

कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ।

मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन्।

उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएको थियो।

कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो घटना हो।

यसअघि फ्रान्स र जापानमा कोरोनाभाइरसका एक–एक जना संक्रमितको निधन भएको थियो।

हालसम्म चीनबाहिर २४ मुलुकमा कोरोनाभाइरसका ५ सय भन्दा बढी संक्रमित भएको पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्