कोरोना कहर : कर्मभूमिबाट जन्मभूमितिर [पाँच तस्वीर]



०३ फागुन २०७६, काठमाडौं

नोबेल कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको हुवेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीहरु शनिबार (दिउँसै) वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए।

उनीहरुलाई आज राति त्यहाँबाट स्वदेश फर्काइँदै छ। हुवेइ प्रान्तका विभिन्न शहरहरुबाट बस चढेर उनीहरु विमानस्थल पुगेका थिए।

उनीहरूलाई ल्याउन नेपाल एअरलाइन्सको जहाज आज दिउँसै त्यसतर्फ उडिसकेको छ। त्यहाँका विद्यार्थीलाई ल्याएर उक्त जहाज आजै राति २ः४५ बेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।

त्यहाँबाट ल्याइएका विद्यार्थीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा दुई साता राखिनेछ।

तस्वीर श्रोतः विद्यार्थीहरुको ट्वीटर।

 

प्रतिक्रिया दिनुहोस्