नेपालीलाई लिन वुहान उड्यो जहाज, एयरपोर्ट पुगिसके सबै यात्रु



०३ फागुन २०७६, काठमाडौं

कोरोना भाइरसको इपीसेन्टरका रुपमा चिनिने चीनको हुवेइ प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

अहिले उनीहरु वुहान एयरपोर्ट पुगेका बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। शनिबार (आज) बिहान हुवेइको विभिन्न शहरमा रहेका १८२ नेपालीहरुलाई वुहान एयरपोर्ट जम्मा हुन भनिएको थियो।

चीनको हुवेइ प्रान्तको वुहान र आसपासका शहरमा रहेका नेपाली नागरकिको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उडेको छ।

शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान राति ९ बजे चिनियाँ समयमा वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।

वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधकिरणको तालिम केन्द्रमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्