अपराधी समात्ने आधार सिसी क्यामेरा



०३ फागुन २०७६, काठमाडौं

आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ ।

प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन् ।

सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै छन् ।

कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने गरेको छ ।

यसको एउटा ज्वलन्त उदाहरण हो– माघ २४ गते शुक्रबार बिहान भएको कलंकीको अन्डरपासको दुर्घटना ।

त्यहाँ बा ४ ख ८५७९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै ज्यान गएको थियो ।

ठक्करपछि टिपर भोको थियो । तर प्रहरीले सोही दिन दिउँसोपख सिसीटीभी फुटेजका आधारमा टिपर र चालकलाई नियन्त्रणमा लियो ।

मंसिर ७ गते मर्निङ वाकमा निस्किएका चिकित्सक प्रभु जोशीलाई बानेश्वरस्थित जेब्राक्रसबाट सडक पार गर्ने क्रममा दुर्घटनामा परे ।

सिभिल हस्पिटलमा आबद्ध उनलाई ठक्कर दिएर गाडी भागेको थियो । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले घटनाको तीन दिनपछि सिसीटिभी फुटेजका आधारमा रामेछापबाट बा ३ ख ६१४ नम्बरको बससहित चालकलाई नियन्त्रणमा लिएको खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्